निर्वाचन आयोगले दियो माओवादी केन्द्रलाई वैधानिकता काठमाडौं। निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ। असार २३ र २५ गते अधिवक्ता सरोज बुढाथोकी र भविसोर पराजुलीले माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए। आयोगले ती दुवै निवदेन खारेज गरिदिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँच आयुक्तहरुहरुको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक भएको निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्