राष्ट्रियसभाको आइतबारको बैठकः कुल ९३ मिनेटमा ४८ मिनेट समय सरकारको विरोधमा खर्च
काठमाडौं। राष्ट्रियसभाको बैठकमा सदस्यले सरकारको विरोधमा समय खर्च गर्न थालेका छन्। आइतबार मात्र९३ मिनेट समयमा ४८मिनेट समय सरकारको विरोधमा नै खर्च भयो। बाँकी ४५मिनेटको समयमा धेरै समय पाउने नेकपा एमालेका सांसद वामदेव गौतमले पाएको१५ मिनेटको समय हटाउने हो भने सरकारको पक्षमा केवल ३०मिनेट समय रहेको छ। सांसद वामदेव गौतमले पनि सिधा सरकारको विरोध नगरेपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्