अरुकोे लेटरप्याड दुरुपयोग गर्ने पराजुलीलाई आयोगले गरायो सचेत
काठमाडौं। निर्वाचन आयोगले अन्य दलको लेटरप्याड दुरुपयोग गरेको भन्दै भविसोर पराजुलीलाई सचेत गराएको छ। पराजुलीले असार २५ गते नेकपा माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरी आयोगमा निवेदन दिएका थिए। माओवादी केन्द्रको वैधता दावी गर्दै दिएको निवेदन खारेज गर्दै आयोगले उल्टै अन्य दलको लेटरप्याड दुरुपयोग गरी गलत विवरण पेश गरेका पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्