एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी विवाद समाधान गर्न गठित कार्यदलमा सहमति नजुट्दै असार २९ गते केन्द्रीय समिति बैठक बोलाइएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए। सर्वोच्च अदालतले सोमवार फैसला सुनाउने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्