निगमसँगको वार्तामा सहभागी हुने/नहुने बारे छलफल गर्दै विद्यार्थी संगठन
काठमाडौं। नेपाल आयल निगमसँगको वार्तामा सहभागी हुने/नहुनेबारे निर्णय गर्न विद्यार्थी संगठनहरुले छलफल गर्दैछन्। इन्धनको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत उनीहरुलाई निगमले आज १ बजे वार्तामा बोलाएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले विगतमा पनि निगमले वार्तामा बोलाएर मूल्यवृद्धिको औचित्य र बाध्यता पृष्टि मात्रै गर्ने गरेकाले अर्थहीन वार्तामा सहभागी नहुने बताए। सार्थक र परिणाममुखी वार्तामा मात्रै सहभागी हुने उनको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्