कमल थापाको प्रतिक्रिया– सर्वोच्च अदालतमा आज गोरू ब्यायो काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले देशलाई जटिलतातर्फ धकेलेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्,“वरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।” सर्वोचच अदालतले आज प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रभानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्