धारा ७६ (५) मा दलीय ह्विप नलाग्ने, नेपाल समूहलाई कारबाही नहुने
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्विप नलाग्ने फैसला गरेको छ। यो आदेशसँगै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका २३ सांसदमाथि कुनै कारबाही नहुने भएको छ। आदेशको उपधारा ५ बमोजिमको सरकार गठनमा हस्ताक्षर गरेबापत सांसदहरूलाई कारबाही नगर्न पाइँदैन। योसँगै नेपालसहित सांसदहरूमाथि भएको कारबाही बदर हुनेछ।
प्रतिक्रिया दिनुहोस्