सर्वोच्चको फैसला लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदमः प्रवक्ता शर्मा
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको आजको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याउने काम गरेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, “राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम। केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा।”
प्रतिक्रिया दिनुहोस्