प्रधानमन्त्री ओली संविधानको खिलाफमा गएको प्रमाणित भयोः देव गुरुङ
काठमाडौं। नेकपा माओवादी केन्द्रका संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको नियत प्रमाणित गरेको बताएका छन्। उनले भने, 'प्रधानमन्त्री संविधानको खिलाफमा गएको प्रमाणित भयो। दोस्रो पटक पनि संसद् विघटन पुनर्स्थापना भएपछि प्रधानमन्त्री निरन्तर संविधान र संविधानसभा सिध्याउन लागेको प्रमाणित भयो।’ उनले अदालतको निर्णयको सम्मान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्