सर्वोच्च अदालतको निर्णयविरुद्ध सत्तारुढ दलका कार्यकताको सडक प्रदर्शन
काठमाडौं। सर्वोच्च अदालतले संसद पुनः स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन्। एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्