सर्वोच्चको फैसला संविधान, लोकतन्त्र र दलीय व्यवस्था विरुद्ध: एमाले प्रवक्ता ज्ञवाली काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसला संविधानको भावना र मर्म, शक्ति पृथकीकरण, लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था विरुद्ध भएको टिप्पणी गरेका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीमा गहिरो घाउ दिएको र सो पुरिन अब धेरै समय लाग्ने बताए । फैसलाले संविधानको मर्म र जनभावनाको ख्याल नगरेको भन्दै ज्ञवालीले यसले राजनीतिक अस्थिरता निम्त्याउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्