योगेश भट्टराईको आग्रहः संयम र धैर्यताका साथ अघि बढौं
काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन्। दोस्रोपटक संसद पुनः स्थापना भएसँगै उनले लेखेका छन्, “एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु। हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहनेछ भन्ने विश्वास ब्यक्त गर्दछु।”
प्रतिक्रिया दिनुहोस्