सर्वोच्चको फैसला अन्तर्राष्ट्रिय सेटिङमा: एमाले नेता बस्नेत
काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला अन्तर्राष्ट्रिय सेटिङमा भएको बताएका छन्। अदालतको फैसला विरुद्ध राष्ट्रिय युवा संघले गरेको सडक आन्दोलनलाई सम्बोधन गर्दै बस्नेतले अदालतको आदेश कुनै हालतमा नमान्ने बताए। अदालतलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार नभएको भन्दै जुन धाराबाट नियुक्त गरे पनि राष्ट्रपतिले गर्नुपर्ने उनको बताए। बस्नेतले फैसला विरुद्ध निरन्तर आन्दोलन गर्ने उद्घोष गरे।
प्रतिक्रिया दिनुहोस्