मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभी बजाइयो– पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतले आज दिएको परमादेशमार्फत मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभी बजाइएको बताएका छन्। उनले भनेका छन्,“बुझे हुन्छ। आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभी बजाइयो...! यसका मतियारहरूले जेसुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ।”सर्वोच्चले आज प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई खारेज गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्