फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्: कांग्रेस नेता गगन थापा  काठमाडौं। कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा कतैबाट पनि बाधा पुर्‍याउने मूर्खता नगर्न चेतावनी दिएका छन्। ट्विटरमार्फत उनले अदालतले संविधानको रक्षा गरेकाले अदालतको आदेशमा असहमत हुने छुट भएपनि अस्वीकार गर्न नमिल्ने बताए। उनले लेखेका छन्, 'उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्