देउवाद्वारा फैसलाको स्वागत, लिक बाहिर धकेलिएको संविधान ट्रयाकमा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको आजको फैसलालाई ऐतिहासी बताउँदै त्यसको स्वागत गरेका छन्। फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको दाबी उनले गरेका छन्। फैसलालले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको समेत उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्चले आज प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्