विपक्षी गठबन्धनको बैठक बस्दै काठमाडौं। सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने फैसला गरेसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा अदालतको फैसलासँगै आगामी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ। अदालतले संसद पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन आदेश जारी गरेपछि बैठक बस्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्