अदालतको फैसला कल्पना बाहिरको–जसपा नेता कर्ण काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारणी सदस्य लक्ष्मणलाल कर्णले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कल्पना बाहिरको फैसला भनेका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कर्णले फैसला अप्रत्याशित भएपनि मान्नुको विकल्प नभएको बताए। अदालतलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार नभएको उनको प्रतिक्रिया थियो। जसपामा अध्यक्ष महन्थ ठाकुर समूहमा रहेका कर्णले कल्पना बाहिरको भनेपनि जसपाका अन्य नेताहरुले भने सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्