माधव पक्ष विपक्षी गठबन्धनबाट बाहिरियो काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह ५ दलीय विपक्षी गठबन्धनबाट बाहिरिएको छ । आज बसेको गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले हिजोको सहमतिपछि पार्टी एक ढिक्का बनेको साथै परिस्थिति बदलिएकाले विपक्षी गठबन्धनमा रहन नसक्ने बताएका हुन् । अब बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने–नदिने पार्टीले निर्णय गर्ने पन्तले स्पष्ट पारे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्