भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने विपक्षी गठबन्धनको निर्णय
काठमाडौं। विपक्षी गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। बैठकपछि कांग्रेस नेता बालकृष्ण खाणले मिलेर सरकार बनाउने, सानो मन्त्रिपरिषद् बनाउने, राष्ट्रिय सरकार बनाउन पहल गर्नेलगायतको निर्णय भएको जानकारी दिए। सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ। गठबन्धनको बैठक भोलि पुनः बस्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्