अदालतले मुलुकमा निर्दलीयता भित्राउन खोजेको एमालेको ठहर काठमाडौं। नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले मुलुकमा निर्दलीय व्यवस्था भित्राउन खोजेको ठहर गरेको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले लोकतन्त्रमा अदालतले प्रधानमन्त्री नियुक्त गर्नुलाई कल्पना बाहिरको अभ्यास भनेको छ। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरूलाई खलबल्याउने काम गरेको बताए। ज्ञवालीका अनुसार फैसलापछिको परिस्थितिबारे औपचारिक धारणा बनाउन मंगलबार पुनः स्थायी कमिटीको बैठक बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्