हलिउड अभिनेता ज्याकी चानको इच्छा– चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता
एजेन्सी।चर्चित हलिउड अभिनेता ज्याकी चानले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को सदस्य हुने इच्छा समेत व्यक्त गरेका छन्।हङकङबासी ज्याकीले यसअघि चीनको दमनकारी नीतिको समर्थन गरेपछि आलोचना भएको थियो। यसपटक भने एक कदम अघि बढेर सदस्यता लिने बताएका छन्।“म सीपीसीको महानता देख्न सक्छु।यो पार्टी जे भन्छ त्यो गर्छ।म यो पार्टीको सदस्य बन्न चाहन्छु”,चिनियाँ फिल्म संघको उपाध्यक्ष समेत रहेका ज्याकीले भने।
प्रतिक्रिया दिनुहोस्