एमाले स्थायी कमिटि बैठक स्थगित काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। १ बजेपछि बस्ने बताइएको बैठक स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न तय भएसँगै आजको बैठक स्थगित भएको बताइएको छ। एमाले वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न भन्दै सोमबार साँझ बैठक डाकिएको थियो। तर बैठक औपचारीक रुपमा बस्न सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्