देउवासँग छलफल गरेपछि मात्रै माओवादीले मन्त्रीको टुंगो लगाउने काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जनाएको छ।स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को आकारबारे अध्यक्ष प्रचण्डले देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाइने जानकारी दिए। साथै, सर्वोच्च अदालतको फैसलाले मुलुकमा स्वेच्छाचारी र निरंकुशतामा नियन्त्रण र अन्त्य गरेको बैठकले निस्कर्ष निकालेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्