महान्यायाधिवक्ता बडालले दिए राजीनामा
काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने फैसला गरेपछि बडालले राजीनामा दिएका हुन्। सहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आज दिउँसो २ बजे महान्याधिवक्ताको कार्यालयमा उनको बिदाइ कार्यक्रम राखिएको देखापढीलाई बताए। उनी चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्