माधव नेपाललाई कार्यदलले बुझायो १० बुँदे सहमतिको प्रस्ताव काठमाडौं।नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बुझाएको छ। कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन्। कार्यदलले आइतबार १० बुँदे सहमतिको प्रस्ताव तयार गरेको थियो। कार्यदलका माधव नेपाल समूह पक्षका संयोजक भीम रावलले सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्