देउवा संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री? काठमाडौं। प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेपनि संविधानको कुन धारा बमोजिम भएको हो भन्ने खुलेको छैन। राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री पदमा नियुक्त नियुक्त गरिएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्