माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल काठमाडौं। नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ। स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा अध्यक्ष प्रचण्डले मन्त्रीकालागि दुई जनाको नाम दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्