कांग्रेसबाट खाण गृहमन्त्री र कार्की कानूनमन्त्री बन्दै काठमाडौं। नेपाली कांग्रेसले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक खाण गृहमन्त्री र केन्द्रीय सदस्य कार्की कानूनमन्त्री बन्न लागेका पार्टी स्रोतले जनाएको छ। यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्दैछन्। प्रधानमन्त्री देउवासहित चारै मन्त्रीले केहीबेरमा राष्ट्रपतिबाट सपथ लिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्