जसपाले आज मन्त्री नपठाउने
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले आज मन्त्रीको नाम नपठाउने भएको छ। पार्टीको ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन रहेको र पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र सरकारमा सहभागी हुने निर्णय गरेको नेता डम्बर खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकले सर्वोच्चको फैसलालाई ऐतिहासिक भन्दै यसले लोकतन्त्रलाई पुनः ट्रयाकमा फर्काएको निष्कर्ष निकालेको छ।
प्रतिक्रिया दिनुहोस्