देउवा सरकारका चार मन्त्रीले लिए शपथ काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री पदमा शपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २–२ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त चारै जना मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्