देउवा पाँचौं पटक मुलुकको कार्यकारी पदमा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको कार्यकारी पदमा पुगेका छन्। सर्वोच्चको फैसलाअनुसार देउवा मंगलबार पाँच पटक प्रधानमन्त्रीमा नियुक्त भए। उनी २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी पाँच पटक प्रधानमन्त्री बनेका हुन्। २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिएका देउवा २०२० सालदेखि राजनीतिमा सक्रिय छन्। २०४८ यताका सबै निर्वाचनमा अपराजित देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्