देउवा सरकारको पहिलो निर्णय– चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप
काठमाडौं। शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ। देउवा प्रधानमन्त्री भएसँगै मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई र चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाइसक्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्