देउवा सरकारले गर्यो सरकारका प्राथमिकता निर्धारण
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सरकारका विभिन्न प्राथमिकता निर्धारण गरेको छ। जसमा शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान आदि रहेका छन्। विकास निर्माण कार्यमा तिव्रता, स्थानीय तहको निर्वाचन, कोरोनाबाट प्रभावितलाई विशेष राहत प्याकेजलगायत सरकारको प्राथमिकतामा परेका सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्