निवर्तमान प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दनसहित बालकोट पुर्याइने
काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कार्यालयबाट बाहिरिएका छन्। उनी आफ्नै निजी निवास बालकोट जान लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लैजाने तयारी भएको छ। ओलीलाई भव्य तयारीका साथ हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतको कार्यक्रम छ। उनलाई भक्तपुरको कौशलटारदेखि आली निवास बालकोटसम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्