पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको धर्ना काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगमअन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन्। विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन्। नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू(माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्