पद सम्हाल्दै उर्जामन्त्री भुसालले भनिन्–सबै नागरिकमा बिजुली र सिंचाईको पहुँच पुर्‍याउन लाग्छु काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बुधवार पदभार ग्रहण गरेकी छन्। पदसम्हाले लगत्तै मन्त्री भुसालले कर्मचारीहरुलाई देश र जनताको सपना आत्मसाथ गर्दै परिणाममुखी काम गर्न निर्देशन दिइन्। लक्ष्य लिने तर पुरा नगर्ने परिपाटी बदल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले लोडसेडिङको समस्या सदाका लागि अन्त्य गर्नपर्ने बताइन्। अब आफू सबै नागरिकमा बिजुली र सिंचाईको पहुँच पुर्‍याउन लाग्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्