नेपाल निवासमा प्रधानमन्त्री देउवा काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेका हुन्। आजै बालुवाटारबाट बालकोट पुगेपछि निर्वतमान प्रधानमन्त्री केपीशर्मा ओलीले माधव नेपाललाई स्वीकार्न नसक्ने बताएका थिए। ओलीको यस्तो सम्बोधन आएपछि नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्। देउवा संसदमा विश्वासको मत लिने विषयमा छलफल गर्न कोटेश्वर पुगेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्