निरन्तर अवरोधले बैठक चल्न नसकेपछि कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य
कर्णाली। कर्णाली प्रदेशसभाको आठौं अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेशसभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अध्यादेशबाट भएपनि बजेट ल्याउने तयारी गरेको बताए। एमालेका मन्त्रीहरू समेत सत्तारूढ पक्षमा र सांसदहरू प्रतिपक्षी लाइनमा बसेपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्