इटालीका गोलकिपर डोनारूमा पीएसजीसँग अनुबन्ध एजेन्सी। इटालीका गोलकिपर जियानलुइगी डोनारुमा फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पाँच वर्षका लागि अनुबन्ध भएका छन्। उनी इटालियन सिरी ‘ए’ क्लब एसी मिलानबाट ‘फ्रि ट्रान्सफर’मा पीएसजीसँग अनुबन्धित भएका हुन्। डोनारुमा युरो–२०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उनकै उत्कृष्ट प्रर्दशनप्रेरित मिलान २०१३/१४ सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगमा फर्किएको थियो। उनी इटालीबाट डेब्यू गर्ने सबभन्दा कान्छो गोलकिपर हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्