प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद अधिवेशन आव्हानको सिफारिस हुने काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो। बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गर्ने बताइएको छ। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्