सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केही बेर अघि सुरु भएको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद् बैठक डाक्न परमादेश जारी गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो।
प्रतिक्रिया दिनुहोस्