चीन पनि मौनः तीन दिन भयो देउवालाई दिएन बधाई
काठमाडौं। नेपालमा पछिल्ला पाँच वर्षमा सरकार परिवर्तन हुँदा सोही दिन प्रधानमन्त्री निवास पुगेर बधाई दिने चिनियाँ राजदूत हाउ यान्छीको यस पटक त्यस्तो गतिविधि देखिएको छैन। नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भएको तेस्रो दिन पुग्दा पनि चीनले बधाई तथा शुभकामना दिएको छैन। यसअघि २०७४ मा शेरबहादुर देउवा नै प्रधानमन्त्रीमा नियुक्त हुँदा भने चिनियाँ राजदूतले उनलाई भेटेरै बधाई दिएका थिए।
प्रतिक्रिया दिनुहोस्