प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस काठमाडौं। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो अधिवेशन साउन ३ गतेदेखि सुरु हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन साउन ३ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। यसअघि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै आगामी साउन ३ गते भित्र संसद् बैठक डाक्न परमादेश जारी गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्