एमाले संसदीय दलको बैठक, माधव पक्षलाई पनि निमन्त्रणा काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सबै सांसदलाई समेत बोलाइएको छ। शुक्रबार ३ बजे संसद् भवनमा बस्ने बैठकमा एमालेका १२१ जना सांसदलाई बोलाइएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए। उनले भने, सबै सांसदज्यहरुलाई बैठकको जानकारी गराइएको छ। बैठकमा पछिल्लो समसामयिक विषयका साथै संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल र निर्णय हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्