सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी, ‘पावर सेयरिङ’मा छलफल हुँदै काठमाडौं। सत्तारुढ ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी छ। ४ बजेदेखि सुरु भएको बैठकमा सरकार सञ्चालन र मन्त्रालय भागबन्डाका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार बैठकमा दलहरुबीचको ‘पावर सेयरिङ’का विषयमा छलफल भइरहेको छ। हालसम्म गठबन्धनमा रहेका दलहरूमध्ये कसलाई कति मन्त्रालय दिने र को–को मन्त्री बनाउने भन्ने टुङ्गो लागेको छैन्। जसपाले मन्त्रालयको टुङ्गोपछि मात्रै सरकारमा सहभागी हुने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्