विप्लव समूहका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको उक्त आदेश विरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्