महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त काठमाडौं। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ। निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले बिहीबार बाजुराका खातीलाई नियुक्त गरेकी हुन्। कांग्रेस सम्बद्ध अधिवक्ता खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव पनि हुन्।खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्