युथफोर्सलाई काउन्टर दिन अखिल फोर्सको घोषणा काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवासंघले युथफोर्स ब्युँत्याएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अखिल फोर्स घोषणा गरेको छ। ओली पक्षको युथ फोर्सलाई काउन्टर दिन अखिल फोर्स गठन गरिएको नेपाल पक्षिय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। विद्यार्थी नेता तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको हो। यसअघि ओलि पक्षले क्षितिज थेवेको नेतृत्वमा युथफोर्स ब्युँत्याएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्