प्रधानमन्त्री देउवाको प्रतिबद्धता, गठबन्धनको भावना अनुसार अघि बढ्छु
काठमाडौं। बिहीबार अपराह्न सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूलाई जनअपेक्षाअनुसार काम गर्न सुझाएका छन्। विगतमा सरकारले गरेजस्तो कमीकमजोरी नगर्न सचेत गराउँदा प्रधानमन्त्री देउवाले गठबन्धनको भावनालाई आत्मसात् गर्दै बढ्न प्रतिबद्धता जनाएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। यादवले भने, 'सामान्य छलफल भयो, केही सुझाव दियौँ, ठोस निर्णय भएन।'
प्रतिक्रिया दिनुहोस्